FAQs Complain Problems

नागरिकता र प्रतिलिपि सिफारिस

लाग्ने समय: 
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय: 
वार्ड कार्यालय
सेवा शुल्क: 
नागरिकता सिफारिस रु ११० र र प्रतिलिपि सिफारिस रु १६०
आवश्यक कागजातहरु: 

१.निवेदन पत्र र आमा/बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी |
२.जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी |
३.बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपी |
४.दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति |
५.कर्मचारीको हकमा सम्बन्धित कार्यालयको सिफारिस |
६.प्रतिलिपिको हकमा पुरानो नागरिकताको प्रतिलिपी

प्रक्रिया: 

१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने |
२.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने |
३.निबेदन दर्ता गर्ने |
४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने |
५.निवेदकले तोकिएको शुल्क बुझाउने |
६. चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने |
७.तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने|