FAQs Complain Problems

बराहताल गाउँपालिकाको परिचय

बराहताल सुर्खेत जिल्ला बराहताल गाउँपालिका वार्ड ४ तरंगा  मा पर्दछ | सुर्खेत बिरेन्द्रनगर देखि ३० किलोमिटर दुरीको यात्रामा पुग्न सकिन्छ | यो नेपालको पछिल्लो बदलिदो संरचना अनुरुप प्रदेश न . ६ को केन्द्रमा पर्ने सुर्खेत जिल्ला राजनैतिक वा प्रशासनिक ढंगले ९ वडा स्थानीय निकायहरु ५ वटा नगरपालिका र ४ वटा गाउँपलिका हरुमा विभाजन गरियको छ | बराहताल गाउँपलिका जिल्लाको  पशिम  क्षेत्रको रमणीय स्थानमा अबस्थित प्राकृतिक तथा भौतिक , सास्किर्तिक श्रोत सम्पन्न गाउँपालिका हो | जिल्लाका ९ वटा स्थानीय निकायहरुमा क्षेत्रफलका हीसाबले सबैभन्दा ठुलाे ४५५.०९ वर्ग कि . मि . रहरेकाे छ ।

साबिकका वडा संख्या : ४५ 

हाल प्रस्ताब गरिईका वडा संख्या : १०

कुल जनसंख्या : २६,८०२  

 मुख्य गरि बनजंगल , बनपैदाबार र कृषि उत्पादनलाई मुख्य आम्दानीको श्रोत मानिने यस गाउँपालिका को कुनाथारीलाई मुख्य केन्द्र बनाइ काठ र तरकारी निर्यातका लागि प्रसिद्ध मानिदै |

सुर्खेत जिल्लाको सदरमुकाम बिरेन्द्रनगर देखि पश्चिम क्षेत्रमा अवस्थित साविकका हरिहरपुर , तररङगा , कुनाथरी , पोखरीकाडालेकगाँउ गरी ५ वटा गा‍. वि.स. समावेश गरी बराहताल गाउँपालिका बनकाे छ । यस गाउँपालिकाकाे अक्षाश‌ २८ डिग्री ३०'५४ '' देखि २८ डिग्री ४४'१२'' उत्तर सम्म र देशान्तर ८१ डिग्री १८' ४३'' पूर्व देखि ८१ डिग्री ३७'०४'' पू्र्व सम्म फैलिएकाे  छ । वि.स.२०६८ सालकाे जनगणना अनुसार यस गाउँपालिका काे कुल जनसँख्या २६८०२ तथा घरधुरी ५४४८ रहेकाे छ । जसमा पु्रुष जनसँख्या १३२०५ र महिला जनसँख्या १३५९७ रहेकाे छ ।